मंगलबार, वैशाख ९, २०८२

रुबिना दिलाइक बनिन् बिगबोस १४ को बिजेता

नेपालखोज २०७७ फागुन १० गते १०:४३


काठमाडौं । भारतीय चर्चित रियालिटी शो बिग बोसको १४ औं संस्करण विजेता रुबिना दिलाइक बनेकी छिन् । उक्त रियालिटी सो को विजेता भएपछि ट्रफीसँगै उनले ३४ लाख भारतीय रुपैयाँ जितेकी छिन् । पहिले तीन करोड भारतीय रुपैयाँ पुरस्कार दिइने उक्त सो मा हाल प्रतियोगीलाई पारिश्रमिक दिने भएपछि पुरस्कारको राशी घटाइएको हो ।

टेलिसिरियल छोटी बहुकी कलाकार रुबिना श्रीमान् अभिनव शुक्लासँगै यो सिजनमा आएकी थिइन् । उच्च महत्वाकांक्षाकी धनी दिलाइकको सहनशीलता र कन्फिडेन्टका कारण उनलाई दर्शकले माया गरी भोटिङमार्फत बिजेताको ताज पहिराएका हुन् ।

साथै उक्त सोको ग्राण्ड फिनालेमा राखी रावन्त चौध लाख लिएर बहिरिइन् । दोस्रो उपाधि राहुल वैद्यले हात पारे भने तेस्रो स्थानमा निक्की अटाइन् ।

प्रतिक्रिया