कोरोना संक्रमणबाट कैलालीमा एक पुरुषको मृत्यु
नेपालखोज
२०७७ फागुन १० गते ११:०७

कैलाली । कोरोना संक्रमणबाट कैलालीमा एक जना पुरुषको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–२ का ७० वर्षीय पुरुषको आज बिहान ५ बजे मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
संक्रमित पुरुषमा कडा खालको निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि यही फागुन ३ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको सूचना अपधकारी श्रेष्ठले बताए ।
सम्बन्धित
प्रतिक्रिया