मंगलबार, वैशाख ९, २०८२

निडर छवीकी राखी सावन्तको हिम्मत

नेपालखोज २०७७ फागुन १० गते ११:४६


राखी सावन्त एक भारतीय नर्तकी एवं अभिनेत्री हुन् । राखी एक गरिब परिवारबाट संघर्ष गरी आफ्नो करियर बनाएकी क्षमतावान् महिलामध्येमा एक पर्दछिन् । उनको बलिउडमा कोही पनि परिवारका सदस्य नरहे पनि आफ्नो मेहनत र मिडियाफण्डाका कारण सँधै चर्चामा रहन्छिन् ।

भारतका मनोरञ्जन फिल्डमा काम गर्ने पत्रकारहरुलाई जुनसुकै समयमा फण्डा आवश्यक पर्यो र बजार तताउन पर्यो भने राखी सावन्त अग्रपंक्तिमा रहन्छिन् । यिनी तर्कहमरुलाई मिलाएर राख्न त जान्दिनन् तर मिडियालाई मसला दिनमा भने निकै माहिर मानिन्छिन् ।

हालै यिनी बिगबोस १४मा पनि इन्ट्री कार्डमार्फत आएकी थिइन् । यिनको आगमनपछि बिगबोस हेर्ने दर्शकहरुलाई यिनले भरपुर मनोरञ्जन दिइन् । १४ लाख भारतीय रुपैयाँ लिएर यिनले बिगबोसको ग्रान्ड फिनाले छाडिन् । यी बुलेट नारीको हिम्मतबाट सामान्य परिवारबाट फिल्मी दुनियाँमा आफ्नो करियर बनाउन चाहने धेरै मानिसहमरु विशेष गरी महिलाहरुले ठूलो पाठ सिक्नुपर्ने हुन्छ ।

प्रतिक्रिया