रवि लामिछानेले ल्याए ग्यालेक्सी फोरके टेलिभिजन
नेपालखोज
२०७७ फागुन ११ गते १३:५७

काठमाडौं । चर्चित प्रस्तोता रवि लामिछानेले ग्यालेक्सी फोरके नामको टेलिभिनको सुरुवात गरेका छन् । यो टेलिभिजन सामाजिक सञ्जालमा भाइरल पात्रहरुले खचाखच भरिएको हुनेछ ।
आज एक कार्यक्रम गरी यो टिभीको लञ्च गरिएको छ । अनौठो त के भने यस टेलिभिजनमा महाविर पुनदेखि रमेश प्रशाईं समेत प्रश्तोताको रुपमा समेटिने छन् ।
सीधा कुरा जनतासँग नामको कार्यक्रमबाट चर्चित बनेका लामिछानेले न्युज २४ को यात्रालाई अन्त्य गर्दै यस टेलिभिजनको सुरुवात गरेका हुन् । प्राप्त जानकारी अनुसार विजय कुमार पनि यस टेलिभिजनमा आउने संभावना रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया