शुक्रबार, वैशाख १२, २०८२

कोरोना अपडेट : थप ४ जनाको मृत्यु, ११० जनामा संक्रमण पुष्टि

नेपालखोज २०७७ फागुन ११ गते १६:४६

काठमाडौंं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । आज थप ४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ६५ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ५३३ रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७० हजार ६८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

प्रतिक्रिया