आइतबार, वैशाख ७, २०८२

स्मार्टफोन रातभर चार्जमा राख्ने कि नराख्ने होला ?

नेपालखोज २०७७ फागुन १६ गते १२:४५


काठमाडौं । तपाईंलाई आफ्नो स्मार्टफोन रातभर चार्जमा लगाएर छोड्दा तनाव हुन्छ ? यसो गर्दा ब्याट्री खराब त हुँदैन भनेर पनि सोचिरहनुभएको छ कि ? ब्याट्रीको आयू छोटिन्छ कि ? स्मार्टफोनको ब्याट्रीलाई सकेसम्म धेरै लामो समयसम्म टिकाउ हुने गरी प्रयोगमा ल्याउन सम्भव छ कि छैन होला ? यस विषयमा धेरै चासो राख्नेहरुलाई अब जिज्ञासा सान्त गर्ने गरी हामी उत्तर दिनेछौं ।

स्मार्टफोनहरूमा लिथियम आयन ब्याट्री प्रयोग गरिएको हुन्छ भन्ने कुरा पहिले जान्नुहोस् ।

रातभर फोन चार्जमै छोड्नु गलत होइन । किनकी हरेक फोनमा शतप्रतिशत चार्ज हुने वितिक्कै स्वतः चार्जिङ सेवा बन्द हुने कारण यसो गर्नु कुनै गलत काम होइन ।

स्मार्टफोनमा कतिखेर फुल चार्ज हुन्छ र आइरहेको करेन्टलाई रोक्ने भनेर थाहा पाउने प्रविधि राखिएको हुन्छ, यो सत्य हो, ज्यादा चिन्ता लिनु आवश्यक छैन । यस प्रविधिले ब्याट्री ओभर चार्ज हुने सम्भावना नै नरहने कारण तपाईंले चिन्ता लिनु बेकार हो ।

ब्याट्रीको चार्ज सकिँदै गएपछि तल्लो सीमामा पुग्ने वितिक्कै स्वतः मोबाइल बन्द हुने भएकाले ओभर डिस्चार्ज समेत हुँदैन । पहिलेका ब्याट्रीवाला फोनमा भने यो विधि हुँदैन है ? ब्याट्री झिक्नेवाला फोन प्रयोग गर्नुहुन्छ भनेचाँहि चिन्ता लिनु स्वाभाविक हो ।

नत्र सबै स्मार्टफोनमा लिथियम आयन ब्याट्री प्रयोग हुने कारण कुनै चिन्ता नलिई रातभर चार्जमा राख्दा हुन्छ । बरु स्वीच अफ गरेर चार्जमा राख्न चाहानुहुन्छ भने तपाईलाईं अझै फाइदा पुग्छ ।

प्रतिक्रिया