जनकपुरमा कुकुरको टोकाइबाट १२ वर्षीया बालिकाको मृत्यु
नेपालखोज
२०७७ फागुन १७ गते १३:३२

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१ दर्जी टोलमा कुकुरको टोकाइबाट १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।
सोमबार बिहान शौचको लागि बाहिर निस्केकी मोहम्द अख्तरकी १२ वर्षीया छोरी सिवरन खातुनको कुकुरको टोकाइबाट मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
बिहान करिब १ बजे शौच गर्न निस्कदा कुकुरले टोकेपछि घटनास्थलमै सिवरनको मृत्यु भएको प्रवक्ता मिश्रले बताए । मृत्यु भएकी बालिकाको मानसिक अवस्था ठिक नरहेको धनुषा प्रहरीले जनाएको छ ।
मृत्यु भएकी बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रवक्ता मिश्रले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया