आइतबार, वैशाख ७, २०८२

सबिताको ‘शितल दिने कर्के नजर’ बजारमा

नेपालखोज २०७७ फागुन २१ गते १४:१२

काठमाडौं । नेपाली लोकगित संगीतको बजारमा दिनैजसो लोक नयाँ नयाँ लोक दोहोरि गितहरु आइरहेका छन् । त्यसै सिलसिलामा गायिका सबिता ढुंगानाको लोक दोहोरि कोशेली ‘शितल दिने कर्के नजर’ बजारमा आएको छ ।

गितको लोकलय शब्द सबिता ढुंगानाको स्वयंको रहेको छ भने स्वरमा रामेश्वर भण्डारी र राज तिमिल्सिनाले साथ दिएका छन् । गीतको निर्माण मिलन फिल्म्सले गरेको हो, निर्देशन मिलन श्रेष्ठ, मुकेश हुमागाई को छायांकन रहेको गीतको सम्पादन रोशन धितालले गरेका छन् । भिडियोमा सिर्जना किराती, सुरज श्रेष्ठ, मन्दिर ढुंगाना लगायतको अभिनय रहेको छ ।

नेपाली लोकदोहोरी क्षेत्र आफ्नो पहिचान स्थापित गर्न यो गितले केहि टेवा पुग्ने गायिका सबिता ढुंगानाले बताईन । गित डी ए आर मुभिज एंड फिल्म्स प्रा.लि. को आधिकारिक च्यानल मार्फत डिजिटल बजारमा आएको छ ।

भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=Q_z3mtEECZU

प्रतिक्रिया