धनगढीको फर्निचर उद्योगमा आगलागी
नेपालखोज
२०७७ फागुन २२ गते १४:२७

धनगढी । कैलालीको धनगढीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ ।
धनगढी उपमहानगरपालिका–४ मा रहेको आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडमा शनिबार दिउँसो आगलागी भएको हो ।
शनिबार मध्याह्न १२ बजेतिर धनगढी अत्तरिया सडकमा पर्ने आलोक मल्टी कन्सर्न प्रालिको स्वरुममा आगेको आगो अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले आगोलाई नियन्त्रणको प्रयास भइरहेको बताए ।
आगलागी कसरी भयो भन्ने बारेमा विवरण आएको छैन ।
सम्बन्धित
प्रतिक्रिया