मंगलबार, वैशाख ९, २०८२

‘फादर अफ म्युजिक भिडियो’ को उपाधि शम्भुजित बास्कोटालाई

नेपालखोज २०७७ फागुन २४ गते ११:११

काठमाडौं । नेपाली म्यूजिक भिडियो अवार्डको चौथो श्रृङ्खला हङकङमा आयोजना हुने भएको छ । यो अवार्डको उत्कृष्ट ५ मनोनयनमा परेका कलाकर्मीलाई शनिबार आयोजित कार्यक्रममा प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । संगिक्षा फिल्म्सको आयोजनामा हुन लागेको अवार्डमा ४१ विधा समावेश गरिएको छ, जसमा राष्ट्रिय भावनाका गीत, आधुनिक, लोक, पप, नेपाल भाषा र डायस्पोरा विधा समावेश छन् ।

यो अवार्डको हङकङ आयोजना एभरेष्ट इन्टरनेशनल ट्रेडिङ कम्पनीले गर्दैछ । शनिबार आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा संगीतकार शम्भूजीत बास्कोटालाई ‘फादर अफ म्यूजिक भिडियो’बाट सम्मान गरिने संगिक्षा फिल्म्सका अध्यक्ष मनोज केसीले जानकारी दिए ।

यस्तै, गायक सिताराम पोखरेललाई ‘ट्रेन्ड सेटर्स अवार्ड’ प्रदान गरिने कार्यक्रममा जानकारी दिइएको छ । यो अवार्ड आयोजनामा बक्स अफिस ग्रुपले पनि सहकार्य गरेको छ । मनोनयन सार्वजनिक कार्यक्रममा प्रमुख अतिथीका रुपमा अभिनेत्री करिश्मा मानन्धर र चलचित्रकर्मी उद्धव पौडेल उपस्थित थिए । उनीहरुले मनोनयमा परेका कलाकर्मीलाई प्रमाणपत्र वितरण गरे ।

कार्यक्रममा विशिष्ट अतिथीको रुपमा संगीतकार शम्भुजित बास्कोटा उपस्थित थिए । कार्यक्रममा नेपाली म्यूजिक भिडियो क्षेत्रका कलाकार, निर्माता, निर्देशक, छायांकरहरुको उल्लेख्य उपस्थिति ।मोडलहरु पल शाह, आकाश श्रेष्ठ, सुधिर श्रेष्ठ, दुर्गे थापा, पूजा शर्मा, वर्षा सिवाकोटी, मलिका महत, रियासा दाहाल, गरिमा शर्मा लगायत कार्यक्रममा पुगेका थिए ।

प्रतिक्रिया