बाँकेको सुइया गाउँमा आगलागी, १६ घर जलेर नष्ट
नेपालखोज
२०७७ फागुन २४ गते १३:३३

बाँके । बाँकेको नरैनापुर गाउँपालिका–१ स्थित सुइया गाउँम सोमबार बिहान आगलागी भएको छ ।
आगलागीका कारण कम्तीमा १६ घर जलेको प्रहरीले जनाएको छ ।
स्थानीय मनिजर पासीको फुसले छाएको घरबाट आगलागी सुरु भएको जानकारी स्थानीय बासिन्दाले दिइको प्रहरीले जनाएको छ ।
अहिले स्थानीय बासिन्दा र प्रहरी मिलेर आगो नियन्त्रणको प्रयास भइरहेको छ र आगलागीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया