चार सन्तानसहित सुकी बडुवाल कर्णालीमा हाम फालिन्

सुर्खेत । चार सन्तानसहित दैलेखकी एक महिला कर्णाली नदीमा हाम फालेकी छन् ।
सोमबार विश्वभर १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका बेला आठबिस नागरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नदीमा फाल हालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको छ भने अन्य बेपत्ता रहेका छन् ।
सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुका अनुसार १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको छ ।
आमा सुकी, १० वर्षीय छोरा ललित बडुवाल र पाँच वर्षीया छोरी रजनी बडुवालको शव भने भेटिएको छैन । उनीहरुको कर्णाली नदीमै खोजी भइरहेको साहुले जानकारी दिए ।
सोमबार बिहान तीन छोरी र एक छोरासहित घरबाट हिँडेकी सुकी माइतमा पनि नभेटिएपछि आफन्तले खोजतलास गरेका थिए ।
यता बेपत्ता भएकी सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ भन घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया