आइतबार, वैशाख ७, २०८२

सप्तरीमा जन्ती बोकेको गाडी दुर्घटना, १२ जना घाइते, दुईको अवस्था गम्भीर

नेपालखोज २०७७ फागुन २५ गते १३:२३

सप्तरी । बिष्णुपुर गाउँपालिका–१ बाट जन्ती बोकेर गएको गाडी सप्तरीमा दुर्घटना हुँदा १२ जनाभन्दा बढी घाइते भएका छन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

जन्ती बोकेको ना१ज ८९३८ नम्बरको गाडी बोदे बर्साइन नगरपालिका–८ काचनतर्फ फर्किने क्रममा अनियन्त्रित भई बोदे बर्साइन नगरपालिका–३ गौरामा दुर्घटना भएको हो ।

दुर्घटनामा बोदे बर्साइन नगरपालिका–८ काचनका ४५ वर्षीय बच्चालाल दास र २९ वर्षीय देवनारायण दास गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी दुर्घटनामा २३ वर्षीय रबिनकुमार दास, ५० वर्षीय राम दास, ३५ वर्षीय शिवकुमार दास, २२ वर्षीय शंकर साह, २५ वर्षीय विजयकुमार यादव, गाडी चालक २५ वर्षीय मुकेशकुमार चौधरी, ३० वर्षीय जयप्रकाश साह, २३ वर्षीय चन्देश्वर साह, १७ वर्षीय तेजकुमार दास, १८ वर्षीय दीपककुमार यादव, सोही उमेरका कृष्णकुमार दास, १९ वर्षीय उमेशकुमार यादव घाइते भएका छन् ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया