आइतबार, वैशाख ७, २०८२

नाजिर र केकीको ‘राज्जा रानी’ ले पाए अन्तर्राष्ट्रिय अवार्ड

नेपालखोज २०७७ फागुन २५ गते १४:२५

काठमाडौं । नेपाली चलचित्र ‘राज्जा रानी’ ले भारतमा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । मधेशमा देखिएको दाइजो प्रथाको कथामा बनेको मैथिली फिल्म ‘राज्जा रानी’ ले अन्तर्राष्ट्रिय अवार्ड जितेको हो ।

केकी अधिकारी र नाजिर हुसेनको मूख्य भूमिका रहेको यस फिल्मले साइनसिने फिल्म फेस्टिभलमा महत्त्वपूर्ण दुई विधामा अन्तर्राष्ट्रिय अवार्ड पाएको हो ।

यस फिल्मलाई भारत, बिहारको मुजफरपुरमा भएको फेस्टिभलमा उत्कृष्ट रिजनल फिचर फिल्म र उत्कृष्ट खलपात्रको विधामा अवार्ड दिइएको हो । उक्त अवार्ड निर्माता राज कुमार महतोलाई हस्तान्तरण गरिएको थियो ।

यम थापाले निर्देशन गरेको यस फिल्ममा केकी र नाजिरसँगै कामेश्वर चौरसिया, स्वर्गीय दीपक क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ । यूट्युब सार्वजनिक भइसकेको यस फिल्म नेपाली र मैथिली भाषामा निर्माण भएको छ ।

प्रतिक्रिया