मनिषा कोइरालाको स्वरमा ‘महामृत्युञ्जय’ भजन

काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइरालाले महाशिवरात्रिको अवसर पारेर ‘महामृत्युञ्जय’ भजन सार्वजनिक गर्ने भएकी छन् ।
अभिनेत्री कोइरालाकै स्वरमा रेकर्ड भएको यो भजन नेपाल र भारतमा एकसाथ सार्थजनिक हुने भएको छ भने यो उनको पहिलो गीत (भजन) हो ।
कोइरालाले यो भजन सांगीतिक समूह ‘सुरसुधा’सँगको सहकार्यमा ल्याउन लागेकी हुन् । जसको जानकारी उनले बुधबार एक ट्वीट मार्फत गराएकी छन् । ट्वीटमा उनले भजनको सार्वजनिक र सहकार्यबारे जानकारी दिएकी छन् ।
सुरसुधाका तबलाबादक सुरेन्द्र श्रेष्ठले महामृत्युन्जय मन्त्रलाई आफैंले संगीतबद्ध गरेर तयार गरेका हुन् । भजनमा अभिनेत्री कोइरालासहित सुरसुधाकै गायिका सरस्वती खत्री तथा तबलाबादक श्रेष्ठको पनि स्वर रहेको छ ।
बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक हुने उक्त भजनको म्यूजिक भिडियो पनि तयार भएको छ भने भजन साढे चार मिनेटको रहेको छ ।
प्रतिक्रिया