मंगलबार, वैशाख ९, २०८२

नेप्सेको ओरालो यात्रा आजपनि जारी, तीन अंकले घट्दा चार अर्ब १० करोडको सेयर किनबेच

नेपालखोज २०७७ फागुन २६ गते १५:३५

काठमाडौं । नेप्सेको ओरालो यात्राले साताको चौथो कारोवार दिन आज (बुधबार) पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २३ दशमलव २२ अंकले घटेको नेप्से आज (बुधबार) भने तीन दसमलव चार अंकले घटेर २४ सय ५८ दशमलव ४८ अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव शुन्य दुई अंकले बढेर चार सय ४५ दशमलव २३ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय पाँच वटा कम्पनीहरुको ४६ हजार नौ सय ४८ पटकको कारोवारमा ७८ लाख १६ हजार आठ सय ७४ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम चार अर्ब १० करोड चार लाख छ हजार तीन सय ३७ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सूचक घटेर बाँकी समुहको सूचक बढेकाछन । जसमध्ये वाणिज्य बैंक समुहको सूचक १० दशमलव नौ अंकले घटेर १७ सय ६३ दशमलव पाँच अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सूचक पनि एक सय २७ दशमलव ३६ अंकले घटेर १२ हजार चार सय ४३ दशमलव ४५ अंकमा झरेको छ । यि बाहेक विकास बैंक, जीवन बीमा, लघुबित्त र सामुहिक लगानी कोष समुहको सूचक पनि घटेकाछन ।

ट्रेडिङ समुहको सूचक भने दुई सय ९६ दशमलव ९७ अंंकले बढेर तीन हजार नौ सय ३९ दशमलव ५९ अंकमा चढेकोमा होटल तथा पर्यटन, जलविद्युत, फाईनान्स, उत्पादनमुलक, अन्य र लगानी समुहको सूचकहरु पनि बढेकाछन ।

आज बढी कमाउने चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर आठ सय चार रुपैयाँमा कारोवार हुंदा बढी गुमाउने रैराङ हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार दशमलव ६० प्रतिशतले घटेर तीन सय ३२ रुपैयाँमा कारोवार भएको छ । यसैगरी आज बढी रकम कारोवार गरेको नेपाल टेलिकमको प्रतिकित्ता १२ सय ९५ रुपैयाँ अन्तिम मुल्यमा ५५ करोड ७० लाख ८३ हजार आठ सय ८७ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया