बारामा टाउको नभएको अवस्थामा शव फेला
नेपालखोज
२०७७ फागुन २८ गते १२:१९

बारा । जिल्लाको जितपुर–सिमरा १० मा टाउको नभएको अवस्थामा शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रका अनुसार शुक्रबार बिहान फेला परेको शव कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
१५ दिन अघि स्थानीय एक व्यक्ति वेपत्ता भएका थिए । शव उनकै हुनसक्ने प्रहरीको आशंका छ, तर यसबारे पुष्टि भइसकेको छैन ।
घटनास्थलमा २ नं. प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गर्ने तयारी छ ।
सम्बन्धित
प्रतिक्रिया