आइतबार, वैशाख ७, २०८२

‘डिशहोम गो’ बाट अब ७० वटा टिभी च्यालन हेर्न सकिने

नेपालखोज २०७७ फागुन २८ गते १५:०४

काठमाण्डौं । डिशमोहले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा (डिशहोम गो) अन्तर्गत ७० वटा च्यानल हेर्न सकिने गरी सेवा विस्तार गरेको छ । ‘डिशहोम गो’ मा थप ५० च्यानल थपिएका छन् ।

उक्त सुविधा सुरु हुँदा २० च्यानल हेर्न सकिन्थ्यो । कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न सक्ने गरी केही समयअघि ‘डिशहोम गो’ मोबाइल एप सञ्चालनमा ल्याएको थियो ।

योसँगै ‘डिशहोम गो’ एपले भिडियो अन डिमाण्ड सेवाको पनि थालनी गरेको छ । जसमा ग्राहकले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सट फिल्म हेर्न सक्नेछन् । डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो ।

कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्ने छैन । डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरी निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन् ।
डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगलप्ले स्टोर र एप्पलका लागि एप स्टोरबाटै ‘डिशहोम गो’ ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया