आइतबार, वैशाख ७, २०८२

क्वारेन्टाइनमा उपचाररत रणवीरको यादमा आलिया

नेपालखोज २०७७ फागुन २९ गते १२:५३

काठमाडौं । बलिउड अभिनेता रणवीर कपूर यति बेला कोरोनाका कारण क्वारेन्टाइनमा उपचाररत छन्। अयान मुखर्जी निर्देशित उनको फिल्म व्रह्मास्त्र को डबिङ कार्य भइरहेको छ।

सेटका सबै सहकर्मी कलाकारले डबिङको काम गरिरहँदा कपूर भने अनुपस्थित छन्।

उनको अनुपस्थितिमा उनकी प्रेमिका नायिका आलिया भट्टले इन्स्टाग्राममा एक तस्वीर सेयर गर्दै कपूरको यादमा डुबेको जनाउ दिएकी छिन्। नायिका भट्टले लेखेकी छिन्, धेरै सम्झँदै छु।

कपूरलाई कोरोना देखिएपछि भट्टले पनि स्वाब परीक्षण गराएकी थिइन्‌। उनलाई भने कोरोना नेगेटिभ देखिएको छ।

प्रतिक्रिया