आइतबार, वैशाख ७, २०८२

सिराहाको मालपोत कार्यालयमा बम विस्फोट, पाँच घाइते

नेपालखोज २०७७ चैत १ गते १३:४२

सप्तरी । सिराहाको मालपोत कार्यालयमा प्रांगणमा आइतबार बम विस्फोट भएको छ भने पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फाट भएको शर्माले बताए ।

आइतबार दिउँसो १२ बजेर ४० मिनेटमा कार्यालय परिसरमा कुकर बम विस्फोट भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए ।

डीएसपी शर्माका अनुसार घाइतेहरूलाई लहानस्थित सप्तऋषि अस्पताल पठाइएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि जिल्लाबाहिर पठाउन हेलिकोप्टर मगाइएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घाइतेहरूको पहिचान खुलिसकेको छैन ।

विस्फोट गराउनेको पहिचान खुलेको छैन ।

प्रतिक्रिया