साताको पहिलो कारोबार दिन नेप्सेमा भिषण पहिरो

काठमाडौं । नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से ५१ दसमलव २३ अंकले घटेर २४ सय सात दशमलव २५ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव एक अंकले घटेर चार सय ३५ दशमलव १३ अंकमा पुुगेको छ । नेप्सेमा आज दुई सय ११ वटा कम्पनीहरुको ६० हजार नौ सय ७३ पटकको कारोवारमा ९९ लाख तीन हजरा सात सय चार कित्ता सेयर खरिद बिक्री भएका छन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम चार अर्ब ९५ करोड २७ लाख २२ हजार एक सय ९५ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा होटल तथा लगानी समुह र जलबिद्युुत समुहको सुचक क्रमश ६१ दशमलव १२ र ४७ दशमलव ८२ अंकले बढेकाछन भने बाँकी समुहको सुचक भने घटेकाछन । ति मध्ये बैंकिङ समुहको सुचक ३२ दशमलव ३३ अंकले घटेर १७ सय ३० दशमलव ७२ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि तीन सय ७४ दशमलव ५३ अंकले घटेर १२ सय ६८ दशमलव ९१ अंकमा पुुगेको छ । यसैगरी बिकास बैंक, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी र लगानी समुहको सुचकहरु पनि घटेकाछन ।
आज चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ दशमलव ९५ प्रतिशतले बढेर आठ सय ८४ रुपैयाँमा कारोवार भएकोमा हिमालयन पावर पार्टनर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ दशमलव ८६ प्रतिशतले घटेर चार सय ४८ रुपैयाँमा कारोवार भएको छ । यसैगरी अपर तामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता छ सय ४७ रुपैयाँ अन्तिम मुल्यमा ४४ करोड ५६ लाख १५ हजार सात सय १३ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया