केकीको मुडुल्ले अवतार
नेपालखोज
२०७७ चैत २ गते ८:०७

काठमाडौं । अभिनेत्री केकी अधिकारी नयाँ अवतारमा देखिएकी छन्। कपाल खौरिएपछिको नयाँ लुक्स उनले इन्स्टाग्राममा सार्वजनिक गरेकी छन्।
कपाल किन खौरिएको भनेर केही नबताए पनि उनले आफ्नो आगामी प्रोजेक्टमा फरक भूमिकामा देखिने संकेत दिएकी छन्।
२०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ को कथामा केकीले फिल्म निर्माण गर्ने भएकी छन्। हाल उनी यही फिल्मको छायांकनमा व्यस्त छिन्। फिल्ममा केकी मुख्य भूमिकामा छिन्।
सम्बन्धित
प्रतिक्रिया