सोमबार नेप्से सुचक तथा कारोवार दुबैमा गिरावट : चार अर्ब २४ करोडको कारोबार

काठमाडौं । नेप्से सुचक तथा कारोवार रकम दुबै नै घटेकाछन । अघिल्लो दिन ५१ दशमलव २३ अंकले घटेको नेप्से साताको दोस्रो कारोवार दिन सोमबार पनि पुन १८ दशमलव सात अंकले घटेर २३ सय ८९ दशमलव १९ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव सात अंकले घटेर चार सय ३० दशमलव पाँच अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय १२ वटा कम्पनीहरुको ५२ हजार तीन सय नौ पटकको कारोवारमा ९६ लाख चार हजार पाँच सय २९ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम चार अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा १३ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको सुचक बढेका छन भने आठ वटा समुहको सुचक घटेका छन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दशमलव ४१ अंकले घटेर १७ सय १३ दशमलव ३१ अंकमा पुगेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ९२ दशमलव ६१ अंकले घटेर ११ हजार आठ सय ७६ दशमलव ३० अंकमा पुगेको छ । बिकास बैंक, जलबिद्युत, जीवन बीमा, फाईनान्स, अन्य र लघुबित्त समुहको सुचकहरु पनि घटेकाछन । ट्रेडिङ समुहको सुचक भने आज ५५ दशमलव एक अंकले बढेर ३७ सय ८१ दशमलव ५४ अंकमा पुगेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन ।
आज चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ दशमलव ९५ प्रतिशतले बढेर नौ सय ७२ रुपैयाँमा कारोवार भएकोमा हिमालयन पावर पार्टनरको प्रतिकित्ता सेयर मुल्य छ दशमलव २५ प्रतिशतले घटेर चार सय २० रुपैयाँमा कारोवार भएको छ । यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता पाँच सय ३७ रुपैयाँ अन्तिम मुल्यमा ४३ करोड ४९ लाख ६४ हजार सात सय ६७ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया