आइतबार, वैशाख ७, २०८२

फिदाको साथमा पल र वर्षा

नेपालखोज २०७७ चैत ३ गते १३:३८

काठमाडौं । गायिका दिपा लामा र गायक सुमन केसीको युगल गायनमा रहेको नयाँ गीत ’फिदा’ सार्वजनिक भएको छ । लोकलयमा आधारित यस गीतलाई गीतकार सुमन योञ्जनले लेखेका हुन् । दिपक शर्माले संगीतवद्द गरेको यस गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ ।

पल शाह र वर्षा राउत म्युजिक भिडियोमा फिचर्ड छन् । सुबोल थापाले कोरियोग्राफी गरेको यो भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ । गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो । हर्क राई र मधु राईको लगानीमा निर्मित यस भिडियोलाई केन्द्र मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो लिंक

प्रतिक्रिया