नेप्सेमा सामान्य वृद्धि, दुई अंकले बढ्दा तीन अर्ब ३७ करोडको सेयर कारोवार

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन १८ दशमलव सात अंकले घटेको नेप्से साताको तेस्रो कारोवार दिन आज (मंगलबार) भने दुई दशमलव ५६ अंकले बढेर २३ सय ९१ दशमलव ७४ अंकमा पुगेको छ ।
सेन्सिटिभ इन्डेक्स पनि आज शुन्य दशमलव ४४ अंकले बढेर चार सय ३० दशमलव ४९ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय १६ वटा कम्पनीहरुको ४६ हजार पाँच सय ४० पटकको कारोवारमा ९० लाख १२ हजार आठ सय ५३ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम तीन अर्ब ३७ करोड ५६ लाख ९९ हजार तीन सय ३९ रुपैयाँ पुगेको छ ।
आज १४ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सूचक घटेर बाँकी सात वटा समुहको सूचक बढेकाछन । ति मध्ये वाणिज्य बैंक समुहको सूचक तीन दशमलव ६७ अंकले बढेर १७ सय १६ दशमलव ९८ अंकमा पुुग्दा जीवन बीमा समुहको सूचक पनि दुई सय ३० दशमलव २९ अंकले बढेर १५ हजार नौ सय ५१ दशमलव ९८ अंकमा पुगेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लघुबित्त, फाईनान्स, उत्पादनमुुलक र लगानी समुहको सूचक पनि बढेकाछन । विकास बैंक समुहको सूचक भने आज दुई दशमलव ३५ अंकले घटेर २४ सय ८० दशमलव ८२ अंकमा झर्दा जलविद्युत, निर्जिवन बीमा, ट्रेडिङ, अन्य र सामुहिक लगानी कोष समुहको सूचकहरु पनि घटेका छन ।
आज चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेर एक हजार ६९ रुपैयाँमा कारोवार हुँदा राष्ट्रिय बीमा कम्पनीको प्रतिकित्ता सेयर मुल्य आठ दशमलव ८१ प्रतिशतले घटेर १४ हजार एक सय रुपैयाँमा कारोवार भएको छ । यसैगरी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १९ सय ९७ रुपैयाँ अन्तिम मूल्यमा १९ करोड ३८ लाख ७९ हजार आठ सय ८४ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया