चलचित्र ‘A’ को छायाँकन सुरु

काठमान्डौं । चलचित्र ‘A’ को छायाँकन सुरु भएको छ । विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स् र थ्रिलर चलचित्र ‘A’ को शुभ मुर्हत गरेर छायाँकन सुरु गरिएको हो ।

आज विहान कलाकार रवि गिरीले मुर्हत टेक दिएर चलचित्रको छायाँकन सुरु गरिएको हो । चलचित्रको छायाँकन काठमान्डौं, बनेपा र सागाँमा हुने निर्माण टिमले जानकारी दिएको छ ।
चलचित्रको मुख्य भुमिकामा प्रमोद अग्रहरी, सोहित मानन्धर, छोल्टिम गुरुङ्ग, रिस्ता बस्नेत र रवि गिरी रहेका छन् । यस्तै, अन्य कलाकारमा प्रविन खतिवडा, सि.एम भारद्वाज, बिकेश प्रजापति, सुरज विष्ट, समिक्षा क्षेत्री, अजित रेग्मी, विपिन कार्की र गिता विष्ट छन् भने बाल कलाकारमा जसिका घिमिरे, अभिमान सिहं बस्नेत, प्रतिक भुजेल र रुपेस थापा रहेका छन् ।

चलचित्रको पटकथा तथा सम्बाद भने भोमन कटुवाल र आकाश उखेडाको रहेको छ । चलचित्रको छायाँकंन मोहन कुमार झिल्लुले गर्ने भएका हुन् भने सक्पादनमा अनिल कुमार महर्जनको रहेको छ । यस चलचित्रको निर्देशन भने भोमन कटुवालले गर्दैछन् चलचित्रमा प्रलाद काफ्लेको लगानी रहेको छ ।
प्रतिक्रिया