हेलिकप्टर चढेर मुख्यमन्त्री राईको ससुराली यात्रा (फोटोफिचर)
नेपालखोज
२०७७ चैत ३ गते १६:४३

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चढेर ससुराली पुगेका छन् । पत्नी जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमणका लागि मुख्यमन्त्रीले हेलिकप्टर नै चार्टड गरेका हुन् ।
आज बिहान शेरधनपत्नी जाङ्मुले फेसबुकमार्फत आफू जन्मस्थल जान पाउँदा निकै खुसी लागेको लेखेकी छन् । साथै उनले आफू जन्मेको गाउँ र ठाउँका लागि केही गर्नुपर्ने महसुस गरेको पनि लेखेकी छन् ।
उक्त स्थानमा विद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता विकासका पूर्वाधारलगायतले जनतालाई जोड्न बाँकी रहेको भन्दै आफ्ना श्रीमान शेरधनलाई यसप्रति ध्यानाकर्षण भएको पनि उनले लेखेकी छन् ।
शेरधन राईकी श्रीमती जाङ्मुको फेसबुकबाट










सम्बन्धित
प्रतिक्रिया