आइतबार, वैशाख ७, २०८२

अंग्रेजी अक्षर B बाट नाम सुरु हुने मान्छेहरु कस्ता हुन्छन् ? (भिडियो सहित)


B अक्षरबाट नाम हुने मानिसहरु बोल्ड डिसिजन गर्ने खालका हुन्छन् । यिनीहरुले गरेको डिसिजन सुरुमा मानिसहरुले नरुचाए पनि कालान्तरमा तिनले सही गरेका थिए भनेर यिनीहरुलाई प्रशंसा गरिन्छ । यिनको क्षमतालाई मानिसहरुले चिन्न एकदमै समय लगाउने गर्दछन् । यी पावर शक्तिको कहिले पनि दुरुपयोग गर्दैनन् । यिनलाई नियम , अनुशासन र सिष्टमको एकदमै ख्याल हुन्छ । यिनले जीवनमा पाएको समयलाई सही सदुपयोग गरेका हुन्छन् ।

यिनीहरु ज्यादातर निडर स्वभावको हुन्छन् । यिनीहरु सबैलाई नियम कानुनको मर्यादामा राख्न चाहन्छन् । यसकारण यिनको पछाडि कुरा काट्ने मान्छेको कमी हुँदैन । यी कर्मोपासक हुन्छन् । यी अवसर र चुनौतीलाई राम्ररी ब्यालेन्समा राख्न सिपालु हुन्छन् । यिनीहरुको प्रशंसकले यिनलाई सँधै सम्झिराख्छन् ।

यिनीहरु भद्र स्वभावका हुन्छन् । तर, कहिले कहिले यिनीहरु नियम तोड्नेहरुसँग अभद्रतासँग पनि प्रश्तुत हुन्छन् । यिनीहरु पाखण्ड र अत्याचारको खिलाफमा बोलिरहन्छन् । यिनले मित्र र शत्रु आधाआधा कमाउँछन् । यिनीहरु परिवारका सदस्यहरुसँग भद्ररुपमा प्रस्तुत हुन्छन् । यिनीहरु आफ्ना समस्याहरु कसैलाई बताउँदैनन् । यी मनका निकै कोमल हुन्छन् । यिनीहरु आत्मप्रशंसामा रमाउँदैनन् ।

यिनीहरु छिटै प्रेममा पर्दछन् । यिनीहरु मन पराएको मान्छेको पनि आनीबानी राम्ररी बिचार गरेर विवाह गर्दछन् । यिनीहरुको जीवनसाथीसँगको सम्बन्ध निकै राम्रो हुने हुन्छ । यी सहनशील हुने कारण जीवनसाथीसँग झैझगडा गर्दैनन् । यिनीहरु जीवनसाथीले अत्यन्तै नराम्रो व्यवहार गरेको खण्डमा मात्र प्रतिवाद गर्दछन् । यिनीहरु जीवनसाथीको विषयमा भरोसा गर्दछन् । नचाँहिँदो चियोचर्चो गर्नु यिनलाई अभद्र हुनु हो भन्ने लाग्छ । त्यसैले यिनीहरुको वैवाहिक जीवन निकै राम्रो बन्न पुगेको हुन्छ ।

यिनीहरुको बच्चा एकदमै तीक्ष्णबुद्धिका हुन्छन् । यिनीहरुले आफ्नो बच्चालाई विभिन्न कलाहरुको जानकारी दिएका हुन्छन् र तिनमा अभ्यस्त पार्ने कोसिस गरेका हुन्छन् । त्यसैले यिनीहरुको बच्चाबाट भविष्यमा ठूलो सहयोग हुन्छ । यिनीहरुको बच्चाहरु समाजको आदरणीय व्यक्तिको रुपमा उभिने खालको हुन सक्छन् ।

B अक्षरबाट नाम सुरु हुनेहरुले बचपनमा थोरै दुःखको अनुभव गरेका हुन्छन् । यिनीहरु आफ्नै प्रयासले सक्सेसफुल हुन्छन् । यिनीहरुलाई हात थामेर माथिल्लो पोष्टमा कसैले पनि पुर्याइदिँदैन । तर, असल सल्लाह दिने मानिस भने यिनीहरुले पाइराखेका हुन्छन् । किनकी यी जो पायो त्यहि मान्छेसँग आफ्नो मन फुकाउँदैनन् । यिनीहरुको चेतना शक्ति उँचो किसिमको पाइन्छ । यिनीहरुमा घटनालाई विश्लेषण गर्ने अनौठो खुबी हुन्छ । यिनीहरुको पछाडि कुरा काट्ने मान्छे धेरै भए पनि अगाडि भने मुखले ठिक्क पारिरहेका हुन्छन् ।

यिनीहरु खर्चपर्च एकदमै सोच बिचार गरेर मात्र गर्दछन् । यिनीहरु खराब मान्छेलाई छिटै पहिचान गर्दछन् । यिनीहरु विवादमा नपर्ने भए पनि यिनीमाथि कोहि खनिएको खण्डमा हाकाहाकी विरोधमा उत्रन्छन् । यिनीहरु खरो उत्रिएको स्थानमा यिनीहरु ठूलो पोष्टमा रहेको मान्छेलाई पनि तह लगाइदिन्छन् ।

पं हरिकृष्ण खतिवडा

हेर्नुहाेस भिडियाे :

प्रतिक्रिया