आइतबार, वैशाख ७, २०८२

अवैध लागूऔषध सहित दुईजना पक्राउ

नेपालखोज २०७७ चैत ४ गते १०:५७

काठमाडौं । नियन्त्रित लागूऔषध डाइजेपाम ४ सय ९५ एम्पुल, नुफिन ५ सय एम्पुल र फेनारगन २ सय ९५ एम्पुल सहित २ जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट मंगलबार बिहान भारत बिहार मोतिहारी मौहावा–६ बस्ने १९ वर्षीय पप्पु कुमार यादब र सोही ठाउँ बेलाजितपुर–१५ बस्ने २६ वर्षीय सुवास कुमार यादब रहेका छन् ।

बाराबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ७१३२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूले लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर लागूऔषध (नियन्त्रण) ऐन,२०३३ अनुसार थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
मोरङको बुढिगंगा गाउँपालिका–४ पोठियास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब आधा किलो सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–४ बस्ने २१ वर्षीय मो. साबिर मिया र धनुषा जनकपुर देब्राउरैठा बस्ने १९ वर्षीय पिगनेश झा रहेका छन् । ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व), कावासोती नगरपालिका–१६ चालिस किलोस्थित सडकबाट नियन्त्रित लागूऔषध नुफ्रिन ९७ एम्पुल, डाइजेपाम ९७ एम्पुल र फेनारगन ९७ एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका–२७ बस्ने ३१ वर्षीय बिनोद चौधरी र सोही महानगरपालिका–१७ बस्ने ३३ वर्षीय बिजय लामा रहेका छन् । ग.१ ख ९६१६ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व)बाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया