बुधबार, वैशाख १०, २०८२

‘ए कान्छा’मा रोमान्टिक मुडमा कक्रोज

नेपालखोज २०७७ चैत ४ गते १३:२८

काठमाडौं । गायिका सुनिता तिमल्सिनाको ‘ए कान्छा’ को भिडियो सार्वजनिक भएको छ । गीतमा नरेश भट्टराईको शब्द तथा बद्री सेवाको संगीत छ ।

भिडियोमा टेलिफिल्म ‘सक्किगोनी’का कलाकार हरिश निरौला ‘कक्रोज’ र सुनिता फिचर्ड छन् ।

निर्देशक सुमन सागरजंग केसी निर्देशित भिडियोमा रोशन विकको कोरियोग्राफी छ ।

भिडियो गायिका सुनिताकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया