बुधबार, वैशाख १०, २०८२

चलचित्र ‘बाबरी’मा अब नायक धिरज मगर

नेपालखोज २०७७ चैत ४ गते १३:३४

काठमाडौं । चलचित्र ‘बाबरी’मा अब नायक धिरज मगर र नायिका अदिती वुढाथोकीको अभिनय रहनेछ । चलचित्रमा नायिका नृत्ती नाडकरका छोरा धिरज टोटलानीले पनि काम गर्दैछन् । चलचित्रको वर्कशप भने भैसकेको छ । चलचित्रको छायांकन सुरु हुनुभन्दा केही दिन अगाडि मात्र नायिका अदिती मुम्बइबाट नेपाल आउनेछिन् ।

चलचित्र ‘कृ’मा काम गरेर चर्चा कमाएकी अदितीको यो दोश्रो चलचित्र हो । उनकै होम प्रोडक्शनमा बन्न लागेको यो चलचित्रलाई प्रेमको कथामा निर्माण गर्न लागिएको छ । चलचित्रको छायांकन नेपाल र सिक्किममा हुनेछ । नायक धिरज मगर भने चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट नै नेपाली चलचित्र क्षेत्रमा स्टार बनिसकेका छन् । यसैले, पनि धिरजको प्रवेशसँगै चलचित्रको स्टारकास्ट बलियो बनेको छ ।

यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । सुरेन्द्रले यसअघि चलचित्र ‘आभाष र कृ’ निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया