मंगलबार, वैशाख ९, २०८२

४० अंकले बढ्यो नेप्से, कारोवार रकम तीन अर्ब ३७ करोडमा सिमित

नेपालखोज २०७७ चैत ४ गते १५:४१

काठमाडौं । नेप्से उच्च अंकले बढेपनि कारोवार रकम भने खुम्चिएको छ । अघिल्लो दिन दुुई दशमलव ५६ अंकले बढेको नेप्से साताको चौथो कारोवार दिन आज (बुधबार) भने ४० दशमलव चार अंकले बढेर २४ सय ३२ दशमलव १४ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ११ अंकले बढेर चार सय ३८ दशमलव ६० अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय १२ वटा कम्पनीहरुको ४४ हजार छ सय ९७ पटकको कारोवारमा ८६ लाख २६ हजार छ सय ६७ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम तीन अर्ब ३७ करोड ४५ लाख ५२ हजार एक सय ७८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सबै समुहको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सूचक १९ दशमलव १५ अंकले बढेर १७ सय ३६ दशमलव १३ अंकमा पुुग्दा निर्जिवन बीमा समुहको सूचक पनि दुई सय २४ दशमलव ८७ अंकले बढेर १२ हजार ३८ दशमलव ५७ अंकमा पुगेको छ ।

यसैगरी जीवन बीमा समुहको सूचक पनि तीन सय ७२ दशमलव ५८ अंकले बढेर १६ हजार तीन सय २४ दशमलव ५५ अंकमा पुुग्दा विकास बैंक, जलविद्युत, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सूचक पनि बढेकाछन ।

आज चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९२ प्रतिशतले बढेर ११ सय ७५ रुपैयाँमा कारोवार हुंदा ग्रिनलाईफ हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने आठ दशमलव ९५ प्रतिसतले घटेर एक सय ७३ रुपैयाँमा कारोवार भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भने आज प्रतिकित्ता पाँच सय ३० रुपैयाँ अन्तिम मूल्यमा २० करोड चार लाख ८८ हजार चार सय २३ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया