सर्वोत्तम सिमेन्टको आइपिओ बिक्रीका लागि ग्लोबल आइएमई क्यापिटललाई प्रबन्धकमा नियुक्त

काठमाडौं । सर्वोत्तम सिमेन्टले आइपिओ (साधारण सेयर) बिक्रीका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।
कम्पनीले काठमाडौँमा एक कार्यक्रमका बीच ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । साथै कम्पनीले प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सम्झौता पछिको पत्रकार सम्मेलनमा कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत ६० लाख कित्ता बराबरको आइपिओ बिक्री गर्न लागेको बताएको छ । हाल कम्पनीको ३ अर्ब ४० करोड रुपियाँ चुक्ता पुँजी छ । बुक बिल्डिङ विधिमार्फत बिक्री हुने आइपिओको न्यूनतम मूल्य ७५० रुपैयाँ तय गरिने कम्पनीले जनाएको छ ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङको माध्यमबाट आइपिओ जारी गर्ने तयारी गरेको छ । नेपालमा बुक बिल्डिङको माध्यमबाट आइपिओ जारी गर्ने सर्वोत्तम सिमेन्ट पहिलो कम्पनी बन्नेछ ।
कम्पनीको ६० लाख कित्ता आइपिओ मध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताका लागि र बाँकी ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयवासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ ।
प्रतिक्रिया