मंगलबार, वैशाख ९, २०८२

नेप्सेमा सकारात्मक संकेत : ४३ अंकले बढ्दा चार अर्ब ६६ करोडको कारोबार

नेपालखोज २०७७ चैत ५ गते १६:०१

काठमाडौं । नेप्से मान पुन सकारत्मक संकेत देखिएको छ । आज नेप्से २५ सय अंक नजिक पुुगेको छ । यसअघि लगातार घटेर २३ सय अंकमा झरेको नेप्से पछिल्लो दुुई दिन उच्च अंकले बढेसंगै २५ सय अंकको नजिक पुुगेको हो ।

साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से ४२ दशमलव ९५ अंकले बढेर २४ सय ७५ दशमलव नौ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५५ अंकले बढेर चार सय ४४ दशमलव १५ अंकमा पुुगेको छ । नेप्सेमा आज दुुई सय १३ वटा कम्पनीहरुको ५७ हजार सात सय ४२ वटा कारोवारमा एक करोड १६ लाख ५७ हजार नौ सय ७५ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम चार अर्ब ६६ करोड १७ लाख ९२ हजार एक सय ८७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा टे«डिङ समुहको सुचक घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सचक २६ दशमलव ११ अंकले बढेर १७ सय ६२ दशमलव २४ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ९१ दशमलव आठ अंकले बढेर १२ हजार दुई सय २९ दशमलव ६६ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि चार सय १५ दशमलव ४७ अंकले बढेर १६ हजार सात सय ४० दशमलव दुुई अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, जलबिद्युत, लघुुबित्त, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन ।

आज ग्रिन लाईफ हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर तीन सय ९६ रुपैयाँमा कारोवार हुुंदा जोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ८५ प्रतिशतले घटेर एक सय ३६ रुपैयाँमा कारोवार भएको छ । आज नेपाल बंगलादेश बैंकको प्रतिकित्ता तीन सय ४८ रुपैयाँ अन्तिम मुल्यमा ७५ करोड ७४ लाख ५२ हजार पाँच सय ८८ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया