तपाईंको नाम अंग्रेजी अक्षर D बाट सुरु हुन्छ ? जान्नुहोस् आफ्नो स्वभाव (भिडियोसहित)

D बाट नाम सुरु हुने मानिसहरु मेधावी हुन्छन् । सबैको प्रेम पाउनेवाला हुन्छन् । यिनीहरु अन्य व्यक्तिलाई छिटै प्रभावमा पार्दछन् । यिनीहरुलाई छिटै विश्वास गर्न सकिन्छ । यिनलाई आफ्नो मनको बह पोख्न चाहने मानिस ज्यादै धेरै हुन्छन् । यिनीहरु टाइमको मामलामा एकदमै पंचुवल हुन्छन् । यिनीहरुलाई रिस अलिक छिटो उठ्ने हुन्छ । यी रिस त छिटै पोख्छन् तर त्यसपछि आफूले गरेको कामको मनमनै पश्चाताप गर्दछन् । यिनीहरु कुरा सबैको सुन्छन् तर आफ्नै निर्णय गर्दछन् । यिनीहरु निर्णय गर्ने कुरामा पहिलेदेखि नै माइन्ड सेट गरेर बसेका हुन्छन् ।
यिनीहरु आफ्नै निर्णयलाई सर्वोपरि ठान्दा कहिले कहिले समस्यामा परेको पनि देख्न सकिन्छ । यिनीहरुले गरेको निर्णय दीर्घकालीन नभएको खण्डमा यिनीहरुलाई पछाडि कुरा काटेर खिल्ली उडाउने जमात नै हुन्छ तर यिनलाई त्यो कुरा थाहा हुँदैन । यिनीहरुले यस्तो कुरा चाल पाएमा ठूलो गाली गर्ने संभावना रहन्छ । यी भाइ बहिनीहरुलाई स्वाभाविक प्रेम गर्दछन् । यिनीहरुको प्रेम बुझ्न परिवारको सदस्यलाई निकै समय लाग्ने गर्दछ । यिनीहरु सुखसयललाई ज्यादै महत्व दिने भोगी स्वभावका हुन्छन् ।
यिनीहरुको बचपन एकदमै कठिनाईसँग बितेको हुन सक्छ । यी कुशल वक्ता एवं विद्वान् हुन्छन् । कहिले कहिले यिनीहरुले गरेको तर्क एकदमै उटपट्याङ जस्तो पनि लाग्छ । तर, यी आफूले गरेको तर्कमा अन्तिमसम्म डटिरहन्छन् । त्यसै कारण यिनलाई मान्छेहरुले लिँडे वा कुतार्किक पनि भन्दछन् । तर, यिनको बिचारमा एक किसिमको दम हुन्छ । यिनीहरु बेलाबेला नेतृत्व गर्ने क्रममा गलत मान्छेहरुको गालीको भागिदार पनि रहन्छ । यी प्रायः परिवारको जेठो, कान्छो सन्तानका रुपमा जन्म लिएका हुन्छन् । यिनीहरुलाई विश्वासमा लिएर काम गर्ने मानिसहरुले सफलता पनि पाउने हुन्छ । किनभने यी निकै हार्डवर्कर हुन्छन् ।
यिनीहरु प्रशासनका क्षेत्रमा निकै अब्बल हुन्छन् किनभने यी हप्कीदप्की लगाएर काम लिन पनि पछि पर्दैनन् । यिनीहरुका शत्रु पनि एकदमै धेरै हुन्छन् । किनभने यिनीहरुले काम लिनका लागि थिचोमिचो पनि गरेका हुन्छन् । यी सबैलाई अनुशासनमा राख्छन् । यिनीहरुको भाग्योदय युवा अवस्थामा हुने गर्दछ । प्रेमको मामलामा यिनीहरु ज्यादै नै गम्भिर स्वभावका हुन्छन् । यिनीहरुमध्ये ज्यादातर मान्छेहरुले प्रेम विवाह गर्दछन् । यिनीहरुको शरीर एकदमै बलियो खाले हुन्छ । यिनलाई बलपूर्वक गर्ने कामहरु पनि मन पर्दछ । तर, यी बलका काम निरन्तर गर्न चाहँदैनन् । यिनीहरुलाई शरीरलाई सुख दिनमा खुब मजा आउँछ । यी एकदमै धेरै मीठो खाने कुरा रुचाउँछन् ।
यिनीहरु बच्चाहरुसँग एकदमै घुलमिल गर्दछन् तसर्थ यिनको सन्तानसँगको सम्बन्ध एकदमै घनिष्ठ रहन्छ । यिनले सिकाएको कुराहरु यिनको बालबच्चा र छात्रहरुले एकदमै छिटो सिक्छन् । यिनीहरु सिकाउने कुरामा एकदमै निपुण हुने गर्दछन् ।
हेर्नुहोस भिडियो :
पं हरिकृष्ण खतिवडा
प्रतिक्रिया