आइतबार, वैशाख ७, २०८२

गाई फार्ममा आगलागी : २० गाई जले, १० घाइते

नेपालखोज २०७७ चैत ६ गते १३:३८

सप्तरी । जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित कृषि फार्ममा आगलागी हुँदा २० वटा गाई जलेर मरेका छन् भने १० वटा घाइते छन् ।

यस गाउँपालिकाको वडा नम्बर ५ स्थित कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा बिहीबार राति विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगलागीपछि ३० वटा गाई हराइरहेका छन् ।

आगलागी हुँदा फार्मको घरसहित गाईलाई खुवाउने अन्नपातसमेत जलेर नष्ट हुँदा ५० लाखभन्दा बढीको क्षति भएको फार्मका सञ्चालक मनोज कुमार साहको भनाइ छ ।

साहले ५० लाखभन्दा बढीको क्षति भएको दावी गरेपनि जिल्ला प्रहरी कार्यालय सप्तरीले ३१ लाख बराबरको क्षति भएको अनुमान गरेको छ । आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दिनानाथ साह घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया