बुधबार, वैशाख १०, २०८२

तपाईंको नाम अंग्रेजी अक्षर E बाट सुरु हुन्छ ? जान्नुहोस् आफ्नो स्वभाव

नेपालखोज २०७७ चैत ७ गते ५:००


E लेटरबाट नाम सुरु हुनेहरुको ईच्छाशक्ति एकदमै धेरै हुन्छ । यिनीहरु स्वस्फूर्त रुपमा काम गर्न रचाउँछन् । यिनीहरुलाई दबाब दिएर काम लगाउन सकिँदैन । यी परिवारमा एक नेताको रुपमा रहेका हुन्छन् । यिनीहरु परिवारका सदस्यसँग एक किसिमको मिठासको सम्बन्ध स्थापना गर्दछन् । यिनको बोलीमा माया हुन्छ । यिनीहरुको सोच निकै सन्तुलित खाले हुन्छ । यी आफ्नो र परिवारको एक खाले ब्यालेन्स बनाइराख्छन् । यिनीहरुमा ममता र वात्सल्यभाव रहेको हुन्छ ।

यिनीहरु सामाजिक काममा निकै अग्रसर हुने गर्दछन् । यिनीहरुलाई समाज अगुवा भएर काम गर्नमा निकै सुख प्राप्त हुन्छ । व्यक्तिहरुको भावनालाई समेटेर यी समाजको अगुवाई गर्न तत्पर रहन्छ । यिनीहरुको पारिवारिक अवस्था मजबुत हुन्छ । यिनीहरुलाई धनको अभाव भयो भने कुनै न कुनै रुपमा यी छिटै एरेन्ज गदछन् । तसर्थ यिनीहरुको खल्ती कहिले पनि खाली रहँदैन ।

यी बिदा र छुट्टी एकदमै राम्रोसँग मनाउने प्लान बनाउँछन् । जसले यिनीहरुको परिवारमा खुशी दिलाउँछ । यी कसैसँग रिस राग राख्दैनन् तर प्रशस्त पक्षपात गर्दछन् । पक्षपात गरेर पनि आफ्नो मान्छेलाई राम्रो क्षेत्रमा सेटल गराउन यी हर्दम लागिरहेका हुन्छन् । यी प्रायः ठूला ठूला प्रोजेक्टहरुमा रहेका हुन्छन् । यिनीहरु मध्यम किसिमको मित्रता राख्छन् । आफ्ना विरोधीहरुलाई यी राम्ररी चिन्दछन् । यिनीहरु विरोध गर्ने मान्छेहरुलाई पनि कसरी सहयोगी बनाउन सकिन्छ भनेर सोचिरहेका हुन्छन् । यिनीहरु कामको प्लानको खका राम्ररी तयार गर्दछन् । यी विश्वासका साथ काम सम्पन्न गर्न तत्पर हुन्छन् ।


यिनीहरु प्रायः आस्तिक भावनाका हुन्छन् । यिनीहरु नियम कानुनलाई आफू अनुकूल व्याख्या गर्दछन् । यी निर्विवाद जिन्दगी बाँच्दैनन् । यिनीहरु नोकरी र व्यवसाय परिवर्तन गरिहन मन पराउँदैनन् । यी जिम्मेदार हुन्छन् । त्यस्तै यिनीहरु भावनाका धनी हुन्छन् । यिनीहरु आफ्नो व्यवसाय र करियरलाई मेहनत पूर्वक सफल हुन सिकिरहेका हुन्छन् । प्रेमको मामलामा यिनीहरु ज्यादै सेन्सेटिभ हुन्छन् र सहयोगी पनि । यिनीहरुमध्ये कमै मान्छेले मात्र प्रेममा धोका पाउँछन् । यिनीहरुको वैवाहिक जीवन सफल हुने चान्स धेरै हुन्छ ।


यिनीहरु ख्याल ठट्टा र हाँसिमजाकमा पनि निकै दिलचस्पी हुन्छन् । कहिले कहिले यिनीहरु मन नपरेको मान्छेको खुट्टा तान्ने काम पनि गरिरहेका हुन्छन् । यिनीहरु ज्यादै भाग्मानीसमेत हुने गर्दछन् । यद्यपि नामको पहिलो अक्षरबाट मात्र व्यक्तिको सबै स्वभाव बताउन सकिँदैन । त्यसको लागि समग्र जन्मकुण्डलीको विश्लेषण गर्नुपर्ने हुन्छ ।

पं हरिकृष्ण खतिवडा

प्रतिक्रिया