तपाईंको नाम अंग्रेजी अक्षर F बाट सुरु हुन्छ ? आफ्नो स्वभाव जान्नुहोस्

F अक्षर बाट नाम सुरु हुने मानिसहरु सँधै नयाँ नयाँ क्रियसन गर्ने स्वभावका हुन्छन् । यिनीहरु नयाँ बिचारहरु सिर्जना गरिरहने खालका हुन्छन् । यिनीहरु अनेक क्षेत्रमा सक्रिय व्यक्तिहरुको रुपमा रहेका हुन्छन् । यिनीहरुमा अतिश्रेष्ठ हुने गुणहरु रहेका हुन्छन् । यिनलाई विश्वास गर्न सकिन्छ । यी माया र ममताका धनी हुन्छन् । यिनीहरु विज्ञानका क्षेत्रमा सक्रिय रहन्छन् । यिनीहरु उत्तम किसिमका वैज्ञानिक भएर देश विदेश घुम्ने पनि गरिरहेका हुन्छन् ।
यिनीहरुमा अरुलाई ज्ञान सिकाउन सक्ने उत्कृष्ठ क्षमता हुन्छ । यी अन्याय सहँदैनन् । यिनीहरु अन्याय गर्नेहरुको प्रतिवादमा खरो भएर उत्रन्छन् । यिनीहरु नचिनेको मान्छेलाई पनि छिटै साथी बनाइदिन सक्छन् । यिनीहरु प्रकृतिलाई प्रेम गर्दछन् । यी भिडमा ज्यादा शक्तिशाली हुन्छन् । एक्लै हुँदा थोरै शक्तिहीन हुन्छन् । यिनीहरुको नाम सुन्ने बित्तिकै मान्छेहरुमा प्रेम भावना जागृत भएर आउँछ ।
यिनीहरु ज्यादातर आफ्नै व्यापार गर्दछन् । यिनलाई जागिरभन्दा व्यापार राम्रो लाग्छ । सबै लेटरहरु मध्ये अंग्रेजी अक्षर F को प्रयोग कमै मात्र हुने गर्दछ । तसर्थ यिनलाई समाजका मान्छेहरुले कमै मात्र प्रयोग गर्दछन् । यिनीहरुले निर्माण र सिर्जना गरेका चिजहरु देश विदेशका मान्छेहरुले मन पराएका हुन्छन् । यी मोडेल सेलिब्रेटी भएभने यिनको चर्चा परिचर्चा चारैतिर हुने गरिरहेको हुन्छ । त्यस्तो खण्डमा यिनले राम्रो फ्यान फलोइङ कमाइरहेका हुन्छन् ।
यिनले आफ्नो परिवार, समाज, समुदायको लागि ज्यान दिने गर्दछन् । यिनीहरुमा समर्पण भाव ज्यादै धेरै रहने गर्दछ । यी ठूलाठूला व्यापारीहरुसँग राम्रो रिलेसन बनाउने स्वभावका हुन्छन् ।
पं हरिकृष्ण खतिवडा
प्रतिक्रिया