मंगलबार, वैशाख ९, २०८२

नेपाल चिया विकास निगमले पनि आइपिओ जारी गर्दै

नेपालखोज २०७७ चैत ८ गते १४:५७

काठमाडौं । नेपाल चिया विकास निगमले शेयर जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्ने भएको हो । आगामी हुने कम्पनीको वार्षिक साधारण सभामा शेयर जारी गर्ने विशेष प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ ।

चैत ६ गते बसेको कम्पनीको १५४ बोर्ड बैठकले गरेको निर्णय अनुसार कम्पनीको १९औं वार्षिक साधारण सभा चैत २९ गते हुने भएको छ । सभा आफ्नै त्रिवेणी कम्प्लेक्स पुतलीसडकमा बेलुकी पाँच बजेबाट हुने भएको छ ।

कम्पनीले के कति साधारण शेयर जारी गर्ने भन्ने बारे भने खुलाइएको छैन। २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा नेपाल सरकारको ३५ प्रतिशत शेयर छ भने निजी क्षेत्रको ६५ प्रतिशत शेयर छ ।

प्रतिक्रिया