मंगलबार, वैशाख ९, २०८२

नेप्सेमा हरियाली, ६३ अंकले बढ्दा झण्डै छ अर्बको सेयर किनबेच

नेपालखोज २०७७ चैत ८ गते १५:४२

काठमाडौं । साताको सुरुवाती कारोवार दिन आज (आईतबार) लगानीकर्ताहरुको लागि निकै सुखद देखिएको छ । आज नेप्से उच्च अंकले बढेको छ भने कारोवार रकम पनि झण्डै छ अर्ब रुपैयाँ पुगेको छ ।

नेप्से आज ६३ दशमलव ३८ अंकले बढेर २५ सय ३८ दशमलव ४६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ४४ अंकले बढेर चार सय ५३ दशमलव ५९ अंकमा पुगेको छ । नेप्सेमा दुई सय छ वटा कम्पनीहरुको ८० हजार नौ सय ८६ पटकको कारोवारमा एक करोड २४ लाख ३० हजार दुई कित्ता सेयर खरिद बिक्री हुंंदा कुल कारोवार रकम पाँच अर्ब ९१ करोड ९८ लाख २४ हजार पाँच सय ६९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सबै समुहको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सूचक २६ दशमलव ५२ अंकले बढेर १७ सय ८८ दशमलव ७६ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सूचक पनि पाँच सय ६१ दशमलव ३४ अंकले बढेर १२ हजार सात सय ९१ अंकमा पुगेको छ ।

त्यसैगरी जीवन बीमा समुहको सूचक पनि सात सय ४२ दशमलव ७६ अंकले बढेर १७ हजार चार सय ८२ दशमलव ७९ अंकमा पुग्दा विकास बैंक, जलविद्युत, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सूचकहरु पनि उच्च अंकले बढेकाछन ।

आज मिथिला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १७ सय ३८ रुपैयाँमा कारोवार हुंदा ग्रिन लाईफ हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य छ दशमलव छ प्रतिसतले घटेर तीन सय ७२ रुपैयाँमा कारोवार भएको छ । आज सबै भन्दा बढी नेपाल बंगलादेश बैंकको सेयर किनबेच भएको छ । उक्त बैकको प्रतिकित्ता तीन सय ५५ रुपैयाँ अन्तिम मूल्यमा ३९ करोड ९० लाख २२ हजार छ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया