नेप्सेमा २४ अंकले गिरावट : होटल तथा पर्यटन र जलविद्युत बाहेक सबै समुहको सुचक रातो

काठमाडौं । नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन ६३ अंकले बढेको नेप्से साताको दोस्रोे कारोवार दिन आज (सोमबार) २४ दशमलव आठ अंकले घटेर २५ सय १४ दशमलव ३९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७९ अंकले घटेर चार सय ४८ दशमलव ८० अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय ११ वटा कम्पनीहरुको ६१ हजार चार सय ८८ वटा कारोवारमा एक करोड नौ लाख ३१ हजार तीन सय ५८ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम पाँच अर्ब ३५ करोड १३ लाख ५३ हजार छ सय २५ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा होटल तथा पर्यटन र जलविद्युत समुहको सूचक क्रमश एक सय चार दशमलव ९७ र एक सय एक दशमलव ७३ अंकले बढेकाछन भने बाँकी समुहको सूचक उच्च अंकले घटेकाछन । ति मध्ये वाणिज्य बैंक समुहको सूचक २१ दशमलव ४८ अंकले घटेर १७ सय ६७ दशमलव २९ अंकमा पुुग्दा निर्जिवन बीमा समुहको सूचक पनि एक सय ८३ दशमलव ५८ अंकले घटेर १२ हजार छ सय सात दशमलव ४२ अंकमा पुगेको छ ।
त्यसैगरी जीवन बीमा समुहको सूचक पनि तीन सय १५ दशमलव ९६ अंकले घटेर १७ हजार एक सय ६६ दशमलव ८३ अंकमा पुगेको छ । यि बाहेक विकास बैंक, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहको सूचकहरु पनि घटेकाछन ।
आज अपर तामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर सात सय २६ रुपैयाँमा कारोवार हुंदा प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ७१ प्रतिशतले घटेर सात सय ६८ रुपैयाँमा कारोवार भएको छ ।
आज नै अपर तामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सात सय २६ रुपैयाँ अन्तिम मूल्यमा ४६ करोड ९६ लाख ८९ हजार आठ सय ७६ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया