यथार्थपरक र्याप गीत ‘सोच’ सार्वजनिक
नेपालखोज
२०७७ चैत ९ गते १७:०८

काठमाडौं । गायक कपिल सापकोटाको एल्वम ‘म’ भित्र संग्रहित गीत ’सोच’ को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।अस्ट्रेलियाको मेलबर्न सहरमा रहेर र्याप गायनमा सक्रिय तिन जना प्रतिभाशाली युवा गायक कपिल सापकोटा, सागर कुँवर र कपिल योगीको र्याप ’सोच’ मा सुन्न सकिन्छ ।

जीवन भोगाई र समाजको यथार्थ र्यापमा प्रस्तुत गरिएको छ । मिस्ट चाम्लिङले यस र्याप गीतलाई मिक्सिङ मास्टरिङ गरेका हुन् ।अस्ट्रेलियामा नै छायांकन गरिएको यो भिडियोमा स्वयम् तिन जना गायक फिचर्ड छन् ।
अनिश गौतमले यो भिडियोलाई सम्पादन र निर्माण गरेका हुन् । मेक मनि रेकर्डको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । यस गीतलाई अन्य डिजिटल अडियो प्ल्याटफर्महरुमा समेत सुन्न सकिन्छ ।
भिडियो लिंक
सम्बन्धित
प्रतिक्रिया