तपाईंको अंग्रेजी अक्षर H बाट सुरु हुन्छ ? जान्नुहोस् आफ्नो स्वभाव

H अक्षरबाट नाम सुरु हुने मान्छेहरु लजालु स्वभावका हुन्छन् । यिनीहरुको स्वभाव अंग्रेजी अक्षर A र I बाट नाम सुरु हुनेहरुसँग मिल्दोजुल्दो हुन्छ । यिनीहरु छिटो प्रगति चाहन्छन् । यिनीहरुको दिमाग अत्यन्तै तेज हुन्छ । यिनीहरु समाजमा सफल व्यक्तिको पहिचान बनाएका हुन्छन् । यिनीहरुको मिल्ने साथी एकदमै कम हुन्छ । यी हमेसा नयाँ नयाँ सम्बन्धहरु सिर्जना गर्दछन् । ती सम्बन्धलाई यिनीहरु जीवनपर्यन्त साथ निभाउँछन् । घरपरिवारका अतिरिक्त यिनीहरुको पहिचानका मान्छेहरु धेरै हुने गर्दछन् ।
यिनीहरु परिश्रममा विश्वास गर्दछन् । यिनीहरुको बनाएका सम्बन्धहरु परिवारका मान्छेहरुमा जस्तै मजबुत रहने गर्दछ । तिनीहरुलाई यी प्रशस्त सहयोग गर्दछन् र तिनीहरुबाट पनि सहयोग प्राप्त गर्दछन् । यिनीहरुको सम्बन्धमा विश्वास हुन्छ ।
यी विश्वासघात गर्नेहरुलाई माफ गर्दैनन् । यिनीहरु मनको कुरा थोरै मान्छेहरुलाई मात्र बताउँछन् । यी सीमित मान्छेसँग मजाक गर्दछन् । यिनीहरु आफ्नो रेपिडेसन बिगार्दैनन् । यिनीहरुको जीवनसाथी एकदमै हार्डवर्कर हुने गर्दछन् । त्यस्तै यी खर्चको भेउ पाउँदैनन् । यिनीहरुको खर्च एकदमै धेरै हुन्छ । यिनीहरुसँग खर्चको हिसाब किताब हुँदैन ।
लजालु स्वभावका कारण यी मनमा लागेको कुरा कसैसँग बताउन हतार गर्दैनन् । त्यसैकारण यिनले धेरै अवसरहरु गुमाउने सम्भावना पनि रहन्छ । यिनमा राम्रो डिसिजन पावर हुन्छ तर यी एकदमै ढिलो डिसिजन लिन्छन् । त्यसै कारण यिनीहरु धोका र विश्वासघात कमै मात्र पाउँछन् । तर, यिनको उन्नति केहि ढिलो हुन जान्छ ।
यी अवसरलाई सदुपयोग गर्न जन्ने भए पनि नजिकका मान्छेहरुको वचनलाई हार्न सक्दैनन् । यिनीहरु नयाँ कुराको जानकारी पायो भने त्यसलाई बारम्बार प्रयोग गरिरहन्छन् । यी सिक्ने कुरामा ज्यादै होसियार हुन्छन् । यी नराम्रा आदतहरु हटाउन बारम्बार बिचार गरिरहन्छन् । यिनीहरु निकै प्रयोगशील र जानकार हुन्छन् ।
पं हरिकृष्ण खतिवडा
प्रतिक्रिया