तीन कम्पनीको शेयर मुल्य समायोजन
नेपालखोज
२०७७ चैत १० गते १५:२०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज तीन कम्पनीको शेयरमुल्य समायोजन गरेको छ । महुली लघुवित्त, डिप्रोक्स लघुवित्त र सांग्रिला डेभलपमेन्टको नेप्सेले बोनस शेयरको मुल्य समायोजन गरेको जनाएको छ ।
महुली लघुवित्तको सोमबार भएको अन्तिम कारोबार २६ सय २५ रुपैयाँको आधारमा २० प्रतिशत बोनस शेयर पछिको प्रतिकित्ता २१ सय ८८ रुपैयाँ कायम गरेको हो ।
यसैगरी, डिप्रोक्स लघुवित्तको सोमबार भएको अन्तिम कारोबार मुल्य २६ सय २५ रुपैयाँको आधारमा नेप्सेले २० प्रतिशत बोनस शेयरपछिको प्रतिकित्ता २१ सय ८८ रुपैयाँ कायम गरेको हो ।
त्यस्तै, नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंकको २०२ रुपैयाँ कायम हुने गरी शेयरमुल्य समायोजन गरेको जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया