बुधबार, वैशाख १०, २०८२

तपाईंको नाम अंग्रेजी अक्षर i बाट सुरु हुन्छ ? जान्नुहोस् आफ्नो स्वभाव

नेपालखोज २०७७ चैत ११ गते ७:००


i बाट नाम सुरु हुने मान्छेहरु प्रेमको मामलामा ज्यादै होसियार हुन्छन् । यिनीहरुलाई हमेसा प्रेम पाइराख्ने चाहना हुन्छ । यिनीहरु आफू नजिक रहने मान्छेहरुलाई पनि प्रेम गरिराख्छन् । यिनीहरुलाई काम बाँकी राख्न मन पर्दैन । यिनीहरुलाई जे काम दिए पनि समूह बनाएर छिटोछिटो सक्न राम्रो लाग्छ । यी कामको मामलामा एकदमै डेडिकेटेड हुन्छन् ।


यिनीहरु आफ्ना आफन्तहरुलाई विश्वासमा राखिराख्छन् । यिनीहरु अवसरहरुलाई राम्रो सदुपयोग गर्दछन् । यी नराम्रो काम गर्नेलाई धोका पनि दिने गर्दछन् । यिनीहरु कलाकारितालाई निकै माया गर्दछन् । यिनीहरुको झुकाव कलाक्षेत्रमा रहेको हुन्छन् । यी कलाकारहरुसँग सम्बन्ध बनाउन लालायित रहन्छन् । यिनीहरुलाई मनोरञ्जन गर्न निकै मन पर्छ । यी हाँसिमजाक स्वभावका हुनछन् । यी कामप्रति निकै इमानदार हुने कारण यिनीहरु राम्रो सफलता पाइराखेका हुन्छन् ।


यिनीहरु पारिवारिक भावनाका हुन्छन् । यिनको परिवारलाई कसैले लाञ्छना लागाएको खण्डमा यिनीहरु झगडा गर्न पनि पछि पर्दैनन् । यिनीहरुको इगो छिटो शान्त हुँदैन । यी हमेसा धनी मान्छेहरुसँग संगत गर्दछन् । तिनीहरुबाट यी राम्रो लाभ प्राप्त गरिरहेका हुन्छन् ।
यिनीहरु साना पोष्टमा रहेर पनि एकदमै ठूलो पोष्टमा रहेको मान्छेले जस्तो काम गरिरहेका हुन्छन् । यिनीहरुको बोली मिठो हुने गर्दछन् ।

यिनीहरु एक किसिमको आकर्षणमा सँधै परिरहेका हुन्छन् । यिनीहरुको वैवाहिक जीवन सुखमय बितेको हुन्छ । यिनले आफ्नो जीवनसाथीलाई आफू अनुकूल काम गराउँछन् । यिनको जीवनसाथीले यिनलाई खुशी पार्न अनेक प्रयत्न गरेका हुन्छन् । यिनीहरुले आफ्नो जीवनसाथीको विश्वास जितेका हुन्छन् ।

प्रतिक्रिया