नेप्सेमा ४१ अंकको उच्च वृद्धि, जलविद्युत बाहेक सबै समुहको सूचक हरियो

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन १४ दशमलव ५७ अंकले बढेको नेप्से साताको चौथो कारोवार दिन बुधबार ४१ दशमलव तीन अंकले बढेर २५ सय ७० दशमलव २५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव छ अंकले बढेर चार सय ५५ दशमलव ९५ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय आठ वटा कम्पनीहरुको ७२ हजार नौ सय ५७ पटकको कारोवारमा एक करोड ६९ लाख ३४ हजार आठ सय ९३ कित्ता सेयर खरिद विक्री हुंदा कुल कारोवार रकम छ अर्ब ६७ करोड ४४ लाख २३ हजार नौ सय ४१ रुपैैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा जलविद्युत समुहको सूचक १४ दशमलव ९५ अंकले घटेको छ भने बाँकी समुहको सूचक उच्च अंकले बढेकाछन । ति मध्ये वाणिज्य बैंक समुहको सूचक २२ दशमलव ५५ अंकले बढेर १७ सय ८३ दशमलव १६ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सूचक पनि दुई सय २१ दशमलव चरा अंकले बढेर १३ हजार दुई दशमलव ५० अंकमा चढेको छ ।
जीवन बीमा समुहको सूचक पनि एक सय ४१ दशमलव २२ अंकले बढेर १७ हजार दुई सय नौ दशमलव २७ अंकमा चढेको छ भने विकास बैैक, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सूचकहरु पनि बढेकाछन ।
आज साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १२ हजार सात सय पाँच रुपैयाँमा कारोवार हुंंदा रैराङ हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने तीन दशमलव ६० प्रतिशतले घटेर तीन सय ७५ रुपैयाँमा कारोवार भएको छ । आज पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता पाँच सय ८१ रुपैयाँ अन्तिम मूल्यमा ६५ करोड १५ लाख एक हजार छ सय ९५ रुपैयाँको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया