तपाईंको नाम अंग्रेजी J अक्षरबाट सुरु हुन्छ ? जन्नुहोस् आफ्नो स्वभाव

J अक्षरबाट नाम सुरु हुनेहरु भाषण गर्न जान्ने हुन्छन् । साथै यिनीहरुका तीव्र आवेग रहेको हुन्छ । यिनीहरु आफ्नो भाषणकलाले सबैलाई मन्त्रमुग्ध पार्न सफल भएका हुनछन् । यिनीहरु एकदमै अपत्यारिलो पाराले प्रगति गर्दछन् । यिनीहरु कहिलेकाँहि अरु मान्नेछेको खुट्टा तान्ने काममा समेत लागेका हुन्छन् । यिनीहरु विद्वान् हुन्छन् । यिनीहरुले नजानेको कुरामा पनि जानेको जस्तो गरी तर्क दिन्छन् । जसले यिनीहरुलाई मान्छेहरुले विश्वास गरिरहेका हुन्छन् ।
यिनीहरुमा राम्रो लेखनशक्ति हुने गर्दछ । यिनीहरु सामाजिक रीतिरीवाजको आलोचक हुने गर्दछन् । तथापि यी धार्मिक स्वभावका हुने गर्दछन् । यिनीहरुमा घमण्ड पनि थोरै मात्रामा रहन्छ । यिनीहरु विशेष गरी ठूलो पोष्टमा रहेर काम गर्न रुचाउँछन् । यिनीहरु थर्काएर हप्काएर पनि काम लिन पछि पर्दैनन् । यिनीहरु प्रायः धनी हुन्छन् । यिनीहरु आकर्षक स्वभावका हुन्छन् । यिनीहरुको वैवाहिक जीवन थोरै तनावपूर्ण रहने गर्दछ । यिनीहरु आफ्नो मनलाई सोधेर निर्णय गर्दछन् ।
यिनीहरुमा ज्यादै ठूलो उत्साह रहने गर्दछ । यी आलोचक बुद्धिका हुन्छन् । यिनीहरुले ताक परेको खण्डमा अन्याय पनि गरिरहेका हुन्छन् । यिनीहरु ठूलाबडाका कृपापात्र रहन विभिन्न उपाय लगाउने खालका हुन्छन् । यी गुप्त विद्याहरुमा पनि रुचि लिन्छन् । यिनले आफ्नो वाक्कलाले विभिन्न किसिमका मान्छेहरुलाई प्रभावमा पारेका हुन्छन् । यी घरबाट टाढा बसेर उन्नति गर्न मन पराउँदैनन् । यिनको दिमागमा राजनीतिक कुटनीतिहरु पनि रहिरहेका हुन्छन् । यिनीहरु निडर हुन्छन् । तसर्थ यी कहिलेकाँहि क्षुद्र बोल्न पनि हिच्किचाउँदैनन् ।
यिनीहरुले आफ्नो सन्तानलाई ठिकठाक पेशामा उभ्याएका हुन्छन् । यिनले तिनीहरुबाट पनि राम्रो लाभ लिईरहेका हुन्छन् । यी समाजमा अब्बल दर्जाका विद्वानको रुपमा रहेका हुन्छन् । यिनीहरु अब्बल दर्जाका भाषणकलाले युक्त हुने कारण यिनीहरुका चेलाचपेटा पनि धेरै हुने गर्दछन् ।
प्रतिक्रिया