नेप्सेमा उच्च अंककाे गिरावट

काठमाडौं । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । अघिल्लो दिन ४१ दसमलव तीन अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने २१ दसमलव २९ अंकले घटेर २५ सय ४८ दसमलव ९६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव ६४ अंकले घटेर चार सय ५० दसमलव ३१ अंकमा पुुगेको छ । दुुई सय आठ वटा कम्पनीहरुको ७४ हजार छ सय ५८ पटकको कारोबारमा एक करोड २५ लाख ४८ हजार एक सय ४६ कित्ता सेयर खरिद बिक्री हुंदा आज कुुल कारोवार रकम छ अर्ब ५० करोड आठ लाख छ हजार ४० रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेका छन् । तीमध्ये बाँणिज्य बैंक समुहको सूचक १९ दसमलब ६७ अंकले घटेर १७ सय ६३ दसमलव ५० अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक पनि ४४ दसमलव २९ अंकले घटेर २२ सय ९४ दसमलव ९६ अंकमा झरेको छ । यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि ५४ दसमलव १५ अंकले घटेर १२ हजार नौ सय ४८ दसमलव ३४ अंकमा झरेकोमा जीवन बीमा, बिकास बैंक, लघुुबित्त, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन । टे«डिङ समुहको सुचक भने एक सय ७४ दसमालव ८८ अंकले बढेर चार हजार छ सय ११ दसमलव ३९ अंकमा पुग्दा होटल तथा पर्यटन र लगानी समुहको सुचक पनि बढेका छन् ।
आज चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर दुुई हजार ७९ रुपैयाँमा कारोबार हुंदा नेपाल बंगलादेश बैकको प्रतिकित्ता सेयर मुल्य भने छ दसमलव १४ प्रतिसतले घटेर तीन सय ६७ रुपैयाँमा कारोवार भएको छ । यसैगरी आज सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता छ सय आठ रुपैयाँ अंन्तिम मुल्यमा ८९ करोड ५० लाख ३८ हजार आठ सय ५४ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया