प्रभु क्यापिटल लिमिटेड माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको सेयर निष्काशनका लागि निष्काशक तथा बिक्री प्रवन्धकमा नियुक्त

काठमाडाैं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको २४,००,००० कित्ता शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७७ चैत्र १२ गते बिहीबार सम्पन्न भयो । सम्झौतामा माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष श्री विजय मान शेरचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक श्री दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।
माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।
चैत १२ गतेको प्रभु क्यापिटलको विज्ञप्तिमा यो कुराको जानकारी गराइएको छ ।

प्रतिक्रिया