३ दिन बजार बढ्दा २९ अर्ब ५८ करोडको सेयर कारोबार

काठमाडौं । गत साताको तुुलनामा यो साता सेयर बजार लगानीकर्ताको लागि सुखद देखिएको छ । गत साता सुचक तथा कारोवार रकम दुुबै घटेकोमा यो साता नेप्से सुचक तथा कारोवार रकम दुबै बढ्दा लगानीकर्ताहरुले केही हदसम्म सुखको अनभुती गर्न पाएका हुुन । पाँच कार्य दिन नै बजार खुल्ला रहेकोमा दोस्रो र अन्तिम कारोवार दिन नेप्से घटेको भएपनि बाँकी दिनहरुमा भने नेप्से बढेको थियो । सोही आधारमा यो साता नेप्से २५ सय ४८ दसमलव ९६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स चार सय ५० दशमलव ३१ अंकमा पुगेको छ ।
सो अनुुरुप यो साता दुुई सय ११ वटा कम्पनीहरुको तीन लाख ५१ हजार पाँच सय ११ पटकको कारोवारमा ६ करोड ३१ लाख २१ हजार एक सय नौ कित्ता सेयर कारोवार भएको छ । उक्त परिमाणमा सेयर किनबेच हुंदा कुुल कारोवार रकम भने २९ अर्ब ५८ करोड ८३ लाख पाँच हजार तीन सय ४४ रुपैयाँ पुुगेको छ । गत साता भने यस्तो कारोवार रकम २० अर्ब ६१ करोड ३१ लाख ८९ हजार नौ सय ६५ रुपैयाँमा सिमित रहेको थियो । उक्त साता दुुई सय १६ वटा कम्पनीहरुको दुई लाख ६२ हजार दुई सय ६१ पटकको कारोवारमा चार करोड ८८ लाख पाँच हजार सात सय २८ कित्ता सेयर खरिद बिक्री भएका थिए ।
साताको सुरुवाती कारोवार दिन ६३ दशमलव ३८ अंकले बढेर २५ सय ३८ दशमलव ४६ अंकमा चढेको नेप्से अन्तिम कारोवार दिन २१ दशमलव २९ अंकले घटेर दुुई हजार पाँच सय ४८ दशमलव ९६ अंकमा सिमित हुुन पुुगेको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन नौ दशमलव ४४ अंकले बढेर चार सय ५३ दशमलव ५९ अंकमा चढेकोमा अन्तिम कारोवार दिन पाँच दशमलव ६४ अंकले घटेर चार सय ५० दशमलव ३१ अंकमा सिमित हुुन पुुगेको थियो ।
यो साता पनि नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल बंगलादेश बैंक आदिको बढी रकम कारोवार भएको थियो भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बंगलादेश बैंक आदिको बढी सेयर किनबेच भएको थियो । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन् । सेयर सुचीकरण तर्फ भने यो साता डिप्रोक्स लघुुबित्त बित्तीय संस्था, महुुली सामुदायिक लघुुबित्त बित्तीय संस्था, साँग्रिला डेभलपमेन्ट बैंक, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लगायतका कम्पनीहरुको बोनस तथा हकप्रद सेयर सुचीकृत भएकाछन ।
प्रतिक्रिया